back
CTIZAN AD

अटोरिक्सामा अवैध काठ ओसार्ने दुईजना पक्राउ

वि.सं.२०७७ चैत १३ शुक्रवार

720 

shares

१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

यसैगरी बुधबार प्रहरीले कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरस्थित वनदेवी सामुदायिक वन छेउमा अन्दाजी ३० क्यूविक फिट सालका दुई गोलिया बरामद गरी सामुदायिक वनमा जिम्मा लगाएको थियो ।
रासस

वि.सं.२०७७ चैत १३ शुक्रवार ११:४९ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...