back
CTIZAN AD

प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन, नवप्रवेशीहरुलाई उच्च प्राथमिकता, यी हुन् मन्त्री बनेकाहरु

वि.सं.२०७७ चैत १३ शुक्रवार

726 

shares

१३ चैत, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनको मन्त्रिपरिषद्मा नवप्रवेशीहरुलाई उच्च प्राथमिकता दिइएको पाइएको छ । नेकपाको विवादमा प्रचण्ड–माधव समुहतिर लागेका र अदालतले माओवादी केन्द्र र एमाले ब्युूताइँ दिएपछि माओवादी केन्द्र छाडेर एमालेको ओली समूहतिर लागेकालाई बढी प्राथमिकता दिइएको छ ।

प्रदेश १ को ओली पक्षीय एमाले श्रोतका अनुसार माधव समुह छोडेर ओलीतर्फ लागेकी उषाकला राईलाई सामाजिक विकास, माओवादी केन्द्र छाडेर ओली समूहमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना, माधवनिकटका कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री, अविश्वासको प्रस्तावमा हस्ताक्षर फिर्ता गरेकी कला घले तथा राजकुमार ओझालाई पनि राज्यमन्त्री दिइने बताइएको छ ।

यसैगरी ओलीको पक्षमा खुल्दै आएका र जसरी पनि मन्त्री बन्ने भनिएका अम्बिर गुरुङलाई मन्त्रीमा बढुवा गरिएको बताइएको छ । स्रोतका अनुसार दिउँसो १ बजे उनीहरुको सपथ हुँदैछ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १२:३१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...