back
CTIZAN AD

राष्ट्र बैंकद्धारा २०७८ को विदाको सूची सार्वजनिक, हेर्नुहोस् कहिले कहिले छ त सार्वजनिक विदा ?

वि.सं.२०७७ चैत १३ शुक्रवार

729 

shares

१३ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७८ सालको बैंक बिदाको सूचि सार्वजनिक गरेको छ । राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विगागले बिहीबार सूचना जारी गर्दै २०७८ सालमा बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायको सरकारी विदा सूची सार्वजनिक गरेको हो ।जसअनुसार २०७८ सालमा बैंकका कर्मचारीले ३६ दिन सरकारी विदा पाउने भएका छन् ।

सार्वजनिक सुचनाका अनुसार अनुसार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले २०७८ सालको दशैको विदा ५ दिन र तिहारको विदा ४ दिन पाउनेछन् ।

साथै, विभिन्न पर्व तथा उत्सवमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बैशाख महिनामा २ दिन, जेठ महिनामा २ दिन, भदौ महिनामा ३ दिन, असोज महिनामा १४ दिन र कात्तिक महिनामा ६ दिन सार्वजनिक विदा पाउने बैंकले जनाएको छ । मंसिर महिनामा २ दिन, माघ महिनामा १ दिन, फागुन महिनामा ३ दिन र चैत महिनामा ३ दिन सरकारी विदा बैंक तथा वित्तीय संस्थामा कर्मचारीले पाउने छन् ।

त्यसैगरी, सार्वजनिक विदा काठमाडौं उत्पकामा ४ दिन र विभिन्न धर्मावलम्वीहरूलाई थप ५ दिन हुनेछ । सरकारी निर्णयअनुसार बैंकको उक्त बिदा परिवर्तन हुन सक्ने समेत सार्वजनिक गरिएको सुचनामा उल्लेख छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सुचना यस्तो छ :

 

No description available.

No description available.

वि.सं.२०७७ चैत १३ शुक्रवार १२:३३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...