Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

वाइसिएलले राष्ट्रिय सम्मेलन गर्ने



१८ माघ,काठमाडौँ  । नेकपा (माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिगले आगामी वैशाख ९ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वाइसिएलको आज यहाँ सम्पन्न एकता बैठकले उक्त निर्णय गरेको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एकता बैठकले नेपबहादुर कुँवरको संयोजकत्वमा ३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ । सम्मेलनले १५१ सदस्यीय केन्द्रीय समिति र १३ सदस्य नबढाई पदाधिकारी बनाउने र पदाधिकारीसहित केन्द्रीय समितिमा प्रत्यक्ष निर्वाचन गर्ने कार्यविधिसमेत बैठकले पारित गरेको छ ।

यस्तै बैठकले युवालाई सहज रुपमा रोजगारी प्रदान गर्न, तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायतका राजनीतिक एजेन्डासमेत पारित गरेको छ । वाइसिएलको एकता बैठकको आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा