Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित



१९ माघ, काठमाडौँ । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ ।

भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो ।

नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४ रनको योगदान दिए । त्यस्तै कृतन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ तथा सुनिल थापामगरले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि भने म्याथ्यु जेम्स क्यामरुनले ६८ तथा स्टेफन लियो पालमरले ४८ रन जोडेका थिए । नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार बङ्गलादेशसँँग खेल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्