back
CTIZAN AD

भिम रावलको अध्यक्ष ओलीलाई प्रश्न–तपाईलाई नै अनुशासनको कारबाही गरेको होइन र ?

वि.सं.२०७७ चैत १३ शुक्रवार

942 

shares

१३ चैत, काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले व्युँत्याइँदिएसँगै एमालेभित्रको आन्तरिक कलह झन बढ्दै गएको छ ।

एमालेमा यतिबेला अध्यक्ष केपी शर्मा ओली समूह र माधव नेपाल–झलनाथ खनाल समूहमा नेता तथा कार्यकर्ता विभाजित भएका छन् ।
दुवै समूहले एमालेलाई एक बनाउँदै अन्य बामपन्थी पार्टीहरुलाई पनि समेटेर लैजाने भनिएपनि एमालेभित्रको आन्तरिक द्धन्द्धले यतिबेला झन ठूलो रुप लिँदै गएको छ । दुवै समुहले पार्टीभित्र सामानान्तर कमिटी निर्माणलगायतका आ–आफ्नै समूहको विभिन्न भेला गराएर पार्टीभित्र कस्को शक्ति कति र कसको पक्षमा कति कार्यकर्ता भन्नेमा लागिरहेको र विभिन्न सार्वजनिक कार्यक्रममा एकले अर्काको तिब्र आलोचना गरेको पाइन्छ ।

यी तमाम विवादका विच अहिले ओली समूह र नेपाल–खनाल समूह दुवैले एकले अर्कोलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गने सम्ममा पुगेका छन् । ओली समहुले केहीदिनयता सोधेको स्पष्टीकरणको १३ बुँदे जवाफमा वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष ओलीलाई ‘कारबाही मलाइ होइन तपाईलाई गर्नुपर्छ ?’ भनेका छन् भने उपाध्यक्ष भिम रावलले पनि नेपालकै शैलीमा ओलीलाई स्पष्टीकरण दिएका छन् ।

के छ त रावलले दिएको स्पष्टीकरणमा ?

उपाध्यक्ष रावलले विहीबार अध्यक्ष ओलीलाई दिएको स्पष्टीकरणमा राजनीतिक मूल्य मान्यता विपरित मन्त्रिपरिषद पुर्नगठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, नेताहरुमाथि सार्वजनिक रुपमा गाली बेइज्जती गर्ने व्यक्तीहरुलाई प्रश्रय दिने लगायतका क्रियाकलाप गरेको र पार्टीको स्थायी कमिटिको बैठकमा उठेको प्रश्नको जवाफ नदिइ अप्रत्याशित रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै पार्टीको बिधान मिचेर अलग संगठन गरेकोले नेकपाको केन्द्रीय कमिटीले अनुशानसको कारबाही गरेको होइन र ? भन्ने प्रति प्रश्न गरेका छन् ।

यस्तो छ रावलको १४ बुँदे स्पष्टीकरण

वि.सं.२०७७ चैत १३ शुक्रवार १३:०१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...