
१३ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको दोस्रो एकदिवसीयमा भारतले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ । आजको खेलमा इंल्याण्डको कप्तानी जस बटलरले गरिरहेका छन ।
पहिलो एकदिवसीयमा दुवै टिमका केही खेलाडीहरु चोटिल भएको कारणले गर्दा दोस्रो एकदिवसीयमा दुवै टिमले आफ्नो प्लेइङ्ग-११ मा केही परिवर्तन गरेका छन । भारतका लागि आजको खेलमा रिषभ पंतले मौका पाएका छन । उनले श्रेयर अय्यरको स्थानमा खेल्ने मौका पाएका हुन ।
त्यसैगरी इंल्याण्डका कप्तान इयोन र्मोगन र ब्याट्सम्यान श्याम विलिङ्गस पनि चोटको कारणले गर्दा टिमबाट बाहिरिएका छन । इयोन र्मोगनको स्थानमा डविड मलानले मौका पाएका छन भने श्याम विलिङ्गसको स्थानमा लिमय लिभिंगस्टोनले मौका पाएका छन । इंल्याण्डका टिमले मार्क वुडलाई पनि विश्राम दिने निणर्य गरेको छ । वुडके स्थानमा रीस टोपलीले मौका पाएका छन ।
३ खेलको एकदिवसीय श्रृखलामा पहिलो खेलमा जित निकाल्दैँ भारतले १-० ले अग्रता लिएको छ ।
भारतको प्लेइङ्ग-११
रोहित शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, रिषभ पंत, हार्दिक पांड्या, कुणाल पांड्या, शादुर्ल ठाकुर, भुवनेश्वर कुमार, प्रसिद्ध कृष्ण, कुलदिप यादव ।
इंल्याण्डको प्लेइङ्ग-११
जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, डविड मलान, जोस बटलर, लियम लिभिंगस्टोन, मोइन अली, श्याम करण, टम करण, आदिल रशिद, रीस टोपली ।