back
CTIZAN AD

कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने जो बाइडेनको बाचा

वि.सं.२०७७ चैत १३ शुक्रवार

639 

shares

१३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेन गरेका छन ।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका हुन । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका हुन ।

‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १४:०३ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...