
१४ चैत्र, काठमाडौँ । नेकपा(एमाले) को झलनाथ खनाल–माधव नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारको संसदीय दल बैठकमा सहभागी भएको सो समूहले उक्त निर्णय गरेको हो ।
तर दुवै समूह आ–आफ्नो अडानमा यथावतै रहेका छन् । झलनाथ– माधव पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी रुपमा अघि पार्टी विभाजनतर्फ उन्मुख भएको आरोप लगाएको छ भने अध्यक्ष ओलि पक्ष भने अर्को पक्ष आफूविरुद्ध एकोहोरो लागिरहेको बताउने गरेको छ ।
यसअघि ओलि पक्षले केन्द्रीय समिति र संसदीय दलको बैठकमा नगएको माधव–झलनाथ पक्ष शुक्रबारको बैठकमा अधिकांश नेताले केन्द्रीय कमिटीमा आफ्ना असहमति रहे पनि संसदीय दलमा जानुपर्ने मत राखे पछि बैठकमा सहभागि भएकाे हाे । धेरै नेताको जानुपर्ने राय आएपछि दिउँसो ३ बजेका लागि बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेताहरू बालुवाटार पुगेका थिए ।
तर नेपाल र उपाध्यक्ष डा. भिम रावल भने बैठकमा सहभागी भएनन् । नेपाल समूहले फागुन २८ मा भएको निर्णय सच्याए पार्टी भित्रको विवाद मिलाएर जान सकिने बताउँदै आएपनि अध्यक्ष ओलि भने पूर्ववत निर्णयबाट पछि नहट्ने अडानमा रहेका छन् । माधव समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको छ ।