back
CTIZAN AD

पार्टीभित्रै बसेर संघर्ष गर्ने खनाल–नेपाल समूहको निर्णय

वि.सं.२०७७ चैत १४ शनिवार

732 

shares

१४ चैत्र, काठमाडौँ । नेकपा(एमाले) को झलनाथ खनाल–माधव नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारको संसदीय दल बैठकमा सहभागी भएको सो समूहले उक्त निर्णय गरेको हो ।

तर दुवै समूह आ–आफ्नो अडानमा यथावतै रहेका छन् । झलनाथ– माधव पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी रुपमा अघि पार्टी विभाजनतर्फ उन्मुख भएको आरोप लगाएको छ भने अध्यक्ष ओलि पक्ष भने अर्को पक्ष आफूविरुद्ध एकोहोरो लागिरहेको बताउने गरेको छ ।

यसअघि ओलि पक्षले केन्द्रीय समिति र संसदीय दलको बैठकमा नगएको माधव–झलनाथ पक्ष शुक्रबारको बैठकमा अधिकांश नेताले केन्द्रीय कमिटीमा आफ्ना असहमति रहे पनि संसदीय दलमा जानुपर्ने मत राखे  पछि बैठकमा सहभागि भएकाे हाे । धेरै नेताको जानुपर्ने राय आएपछि दिउँसो ३ बजेका लागि बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेताहरू बालुवाटार पुगेका थिए ।

तर नेपाल र उपाध्यक्ष डा. भिम रावल भने बैठकमा सहभागी भएनन् । नेपाल समूहले फागुन २८ मा भएको निर्णय सच्याए पार्टी भित्रको विवाद मिलाएर जान सकिने बताउँदै आएपनि अध्यक्ष ओलि भने पूर्ववत निर्णयबाट पछि नहट्ने अडानमा रहेका छन् । माधव समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको छ ।

वि.सं.२०७७ चैत १४ शनिवार ०७:३४ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...