back
CTIZAN AD

कविताःयुवालाई आह्वान

वि.सं.२०७७ चैत १४ शनिवार

852 

shares

तिमी हौ एउटा पलाउँदै गरेको सृष्टिको पालुवा
एउटा फक्रँदै गरेको फूल

टेकेर यही माटो
टेकेर आमाको काख
चढ्नु लक्षित उकालीहरु
चढ्नु सफलताका शिखरहरु

तिमीलाई यही पाखा पखेरामा फुल्ने
बुकी र लालीगुंरासले झक्झक्याउँछन्
यही पहाडका कन्दरामा फुल्ने
लालुपाते र प्याउलीले डोहो¥याउँछन्
भर्छन् सुन्दरताको सुवास र भन्छन् –
हे युवा ! तिमी यही माटोमै फुल्नु
तिमीभित्र माटो फुल्छ
तिमी यही देशमै फुल्नु
तिमीभित्रै देश फुल्छ
तिमी यही धर्तीमा फुल्नु
तिमीभित्रै सिङ्गो धर्ती फुल्छ

खेल्नु तिमी माटोसँगै पलपल
तिमीसँगै खेल्छन् आँकुराहरु
बगाउनु पसिना माटोमै
भिजाउनु माटोको आँत
मेटाउनु प्यास खडेरीमा
मौलाउँछन् तिमीसँगै मुनाहरु

भन्छन् नदीहरु–
नबग्नु सिमापारि बगाएर आमाको आँखा
नटेक्नु सिमापारि भत्काएर मनको डिल
समेट्नु बगेको आमाको सपना
उभ्याउनु भत्केको मनको डिल

चलाउनु माटोमा कुटो र कोदाली
खनिखोस्री सम्याउनु माटो
उठाउनु ड्याङ
र रोप्नु सपनाका बिउबिजन
उमार्नु आशाका आँकुराहरु

हे युवा !
तिमी नै हौ शक्ति यो देशको
फुलाउनु तोरी र काउनो
फलाउनु माटोभरी सपना
भर्नु अभिलाषाको रित्तो भकारी ।

वि.सं.२०७७ चैत १४ शनिवार ०७:१० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...