back
CTIZAN AD

कविता: संवोधन

वि.सं.२०७७ चैत १४ शनिवार

876 

shares

पुरै मस्तिष्कले एक फन्को लगाएर
उब्जिएको हो
सानै किन नहोस्
मेरो पनि त्यो बिचार

तर्क बितर्कले कोपिएर
कानका जोर्निबाट निक्लिएको
नुनिलो पानी
घटक्क निलेपछि
खोज्न थालेकी हुँ
मैले पनि कलम

किलकिले कपाउँदै
विस्फोट भएपछि बिचार
डोबेकी हुँ
सादा पानामा कलम
र जोड्न सिकेकी हुँ
मैलें पनि सावाँ अक्षरहरु

अक्षरहरुमा कतै भेटिन
शब्दहरू आफैंमा भेटिन
जब सार्वजनिक हुन फैलियो आवाज,
एक्कासि देखियो भिन्नता

एकजोर मान्छेलाई गरिएको संवोधनमा भनियो

कवि द्वारा कविता वाचन
कवयीत्रीद्वारा कविता वाचन

तपाईहरुले सुन्नु भयो कि भएन
ख्याल गर्नु भयो कि भएन ?

कानबाट छिरेको त्यो आवाज
मस्तिष्क झन्झनाउने गरि मेरा अंगअंगमा छोयो
र कोप्यो अदृश्य रूपमा

यो सभ्यता !
हिजो देखि आजसम्म
नमिठो अनुभूतिमा
म स्वीकार गरिरहेकी छु
ए भाषा !
अब तिमी विभेद रहित
बोल्नु पर्छ
म आफू पनि कवि नामको संवोधन चाहान्छु !
कवि र कवितामा खोइ
म त भिन्नता देख्दिनँ ।

वि.सं.२०७७ चैत १४ शनिवार ०७:०३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...