
१
आयो यो भन्छन् बसन्त
पलाएन मन कतै
बोलेन कोयली वनमा ।
२
हाँस्ने बोक्छु रहर
बनाई रातै अधर
हटेन मनमा कहर।
३
गाएर डाक्छे चरी
परदेशी कठैवरी,
काफल पाक्यो वनभरि।
४
पग्लिँदै बग्छ हिँउ
भिजाई प्यारले जीउ
हिमाल पहाड तराई
५
फर्केर आऊ प्यारा,
शून्य शून्य लाग्छ सबै
तिमी बिना बलेन दियो।
६
रङ्गिलो पर्व होली
भरौँला मायाले झोली
खेलौँला नमिठो नबोली।
७
बैरभाव हटाऊँ
लेक बेसीका जुटाऊँ
जातीय बन्धन छुटाऊँ ।