back
CTIZAN AD

साईनो

वि.सं.२०७७ चैत १४ शनिवार

762 

shares


आयो यो भन्छन् बसन्त
पलाएन मन कतै
बोलेन कोयली वनमा ।

हाँस्ने बोक्छु रहर
बनाई रातै अधर
हटेन मनमा कहर।

गाएर डाक्छे चरी
परदेशी कठैवरी,
काफल पाक्यो वनभरि।

पग्लिँदै बग्छ हिँउ
भिजाई प्यारले जीउ
हिमाल पहाड तराई

फर्केर आऊ प्यारा,
शून्य शून्य लाग्छ सबै
तिमी बिना बलेन दियो।

रङ्गिलो पर्व होली
भरौँला मायाले झोली
खेलौँला नमिठो नबोली।

बैरभाव हटाऊँ
लेक बेसीका जुटाऊँ
जातीय बन्धन छुटाऊँ ।

 

वि.सं.२०७७ चैत १४ शनिवार ०७:०२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...