back
CTIZAN AD

कविता: अनुहारको परिचय

वि.सं.२०७७ चैत १४ शनिवार

1.1K 

shares

परिचय पत्रले बोकेको अनुहार भन्दा
केही भिन्न हुँदो रहेछ
कति अनुहारहरु ।

मात्र हाँस्नुको लुइरो बिज्ञापन काखिमा च्यापेर
त्यसै रङ्गालिरहन्छ
मान्छे हुनुको आकृति,
जहाँ देख्छौ
देखाउने र लुकाउने
दुई फरक फरक अनुहारहरू ।

जब मान्छेको साँचो अनुहारबाट
अनुहार हराउछ
तब जन्मन्छ भ्रमको सर्प
त्यसैले भ्रम पाल्नु भनेको
कुनै अनाम शंकट पनि पाल्नु रहेछ ।

अनुपस्थितिमा तथानाम गर्नेहरू
अनुपस्थितिमा बदनाम गर्नेहरू
अनुपस्थितिमा काम तमाम गर्नेहरू
उपस्थितिमा खिस्स सापटी हाँसेर भन्ने गर्छन्–
’तपाईंलाई देखेर सारै खुशी लाग्यो ।’

अनुहारमा पुरस्कारको माला उठाएर
गलामा तिरस्कारको भाला लगाउनेहरू
लाग्छ कहिले काहीँ
बिपनाको कुरूप अनुहार भन्दा
सपनाको सुन्दर अनुहार
साह्रै घातक हुँदो रहेछ ।

जब लगाउछ घामले कालो सनग्लास,
जब लगाउछ हावाले अदृश्य
एयर माक्स,
जब लगाउछ सेतो पानीले
रेनफ्रूफ ज्याकेट,
तब छुट्टयाउन गाह्रो बन्छ
अनुहारको परिचय ।

जहाँ हावाले अक्सिजन भन्दा अफवाह बेसी बाँड्छ,
जहाँ बाटोहरूले अन्तकतै
अप्रिय गन्तव्यमा डोर्याउछ,
जहाँ नशाहरूले रगत भन्दा बेसी
ईष्याहरू तान्छ,
जहाँ मीठो मुस्कानहरूले
डोर्याउदै डोर्याउदै लगेर
अग्लो भीरबाट घचेडीदिन्छ
त्यसबेला अनुहार ठम्याउनु भनेको
मरेर फेरि बाँच्नु रहेछ,
हराएर कतै आफूलाई आफैले पाउनु रहेछ,
आफ्नु अनुहार आफै चिन्नु रहेछ ।

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:५८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...