back
CTIZAN AD

नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब

वि.सं.२०७७ चैत १४ शनिवार

576 

shares

१४ चैत्र, काठमाडौं । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ ।

प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।

बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले कीर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्यो । कीर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन ।

पटकपटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ । फाइनल खेल दशरथ रङ्गशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बङ्गलादेशले तीन अङ्क जोडेको छ भने नेपाल र कीर्गिस्तानले एक, एक अङ्क प्राप्त गरेका छन् । रासस

वि.सं.२०७७ चैत १४ शनिवार १२:२० मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...