back
CTIZAN AD

पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

वि.सं.२०७३ माघ १९ बुधवार

1.2K 

shares

१९ माघ, पोखरा  । पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ ।

पत्रकारिताका माध्यमबाट समग्र पोखराको सामाजिक एवम् आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउनुहुने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ ।

पोखरा उपमहानगरपालिकाको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार यहाँ आयोजित समारोहमा अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारीले उक्त पुरस्कारबाट पत्रकार कार्कीलाई सम्मान गर्नुभयो ।

सो अवसरमा विभिन्न टोल विकास संस्था, नागरिक समाज, पोखरा उपमहानगरपालिकाका उत्कृष्ट एवम् पूर्वकर्मचारी तथा खेलाडीहलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले कार्यालयले वार्षिकोत्सव मनाउँदा पुराना योजना सम्पन्न गरी नयाँ योजनाको घोषणामा जोड दिइनुपर्ने बताउनुभयो ।

रासस क्षेत्रीय कार्यालय पोखराका पूर्वप्रमुखसमेत रहनुभएका सम्मानित व्यक्तित्व कार्की हाल बिबिसी नेपाली सेवा, पोखरा तथा पोखराबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।

वि.सं.२०७३ माघ १९ बुधवार ०४:०३ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...