back
CTIZAN AD

पर्वतमा सोह्र दल दर्ता

वि.सं.२०७३ माघ १९ बुधवार

978 

shares

१९ माघ, फलेवास (पर्वत)  । सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन् ।

यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता भएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माअ‍ोवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा माले, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त समाज पार्टी, नेकपा (माले) जनसमाजवादी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टीले दल दर्ता गराएका हुन् ।

स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपाली तीन दल बढेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो । संविधानसभाको दोस्रो निर्वाचनमा पर्वतमा प्रत्यक्ष निर्वाचनका लागि १३ दल र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।

पर्वतमा यसपटक नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्र्टी नयाँ दर्ता भएका हुन् । दुई राप्रपा एक भएका छन् भने जनयुनिटी पार्टीले यसपटक दल दर्ता नगरेको कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा अधिकांश दलको जमानतसमेत जफत भएको थियो । अघिल्लो निर्वाचनमा क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले) प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकमा समेत तीनै दलको बाहुल्यता रहेको थियो ।

अधिकांश राजनीतिक दल जिल्लामा क्रियाशील भए पनि केही राजनीतिक दल भने निर्वाचन कार्यालयमा दर्ता मात्र भएको पाइएको छ ।

वि.सं.२०७३ माघ १९ बुधवार ०४:०४ मा प्रकाशित

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय...

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले...

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...