Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

पाल्पाली समाज युएईद्धारा मृतकको परिवारलाई आर्थिक सहयोग



१९ माघ, पाल्पा। संयुक्त अरब इमिरेट्स ९युएइ० मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएइले आर्थिक सहयोग गरेको छ ।

गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय छोरा प्रतीक थापाको शैक्षिक खर्चका लागि रु एक लाख सहयोग गरिएको हो ।

थापाकी श्रीमती जल्पा–९ की टिकुमाया थापालार्ई नगद हस्तान्तरण गरेको समाजका फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्र्तीले जानकारी दिनुभयो । पश्चिमाञ्चल फाइनान्स कम्पनीमा दुई वर्षमा नवीकरण गर्ने गरी मंगलबार रु एक लाख हस्तान्तरण गरिएको समाजका अध्यक्ष घर्तीले बताउनुभयो ।

समाजले किरिया खर्चका लागि मृतककी श्रीमती टिकुमायालाई र २५ हजार सहयोग गरेको छ । चार वर्षअघि दुबई पुगेका थापाको हृदयाघातका कारण मृत्यु भएको थियो । पाल्पाली समाज युएइले यसअघि युएइमा ज्यान गुमाएका माधव गैरे र बाबुराम विकको परिवारलाई पनि करिब रु दुई लाख सहयोग गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम