back
CTIZAN AD

‘म अस्पताल जान्न, साहुले मार्छ’,

वि.सं.२०७३ माघ १९ बुधवार

846 

shares

16387042_1298895113482396_5487376740746808975_nयो अपराध ब्यक्तिले हैन, राज्यले गरेको हो । वास्तवमा मलाई आज व्यक्ती हैन

राज्य प्रति घिना लागेर आयो र भन्न मन लाग्यो,–राज्य लाचार छ यही बच्चाको बाबु आमा जस्तै । राज्यले कुनै पनि दाइत्व निभएको छैन आफ्ना नागरिक प्रति । जन्म त दिन्छ तर सही शिक्षा दिक्षा दिदैन ।
नौ दश बर्षको बालक रातको अध्यारोमा चिसो छिडिमा टाँसिएर बसिरहेको थियो । मेरो मनले नदेखे झै गरी हिंड्न सकेन ।
सोध–ए फुच्चे के भयो ?
तर उसले केही भन्न चाहेन भन्यो,– केही हैन ।
उसको केही हैन भन्ने आवाजले धेरै कुरा भन्यो । स्नेह जागेर आयो, नजिकै गयर सोधे – भन त बाबु के भयो ?
फुच्चे रोयो घुडामा टाउको राखेर । मैले सिरमा हात राक्दै सोधे – भनत बाबु के भयो ?
उ उठेर जुता हातमा लिदै हिंड्न लाग्दा लख्र्रायो । मैले समात्दै भन– दिदिलाई भन्दैनौ ? भनन म तिम्रो दिदी हैन ?
उसले हात अघी बडायो । हात समाते उ पिडामा रोयो । हतपत मोबाइलको उज्यालोले हेरे । उसको यो हात जस्तै मेरो मुटु छिया छिया भयो ।
भन्यो– खुट्टा दुखेर हिंड्नै भको छैन ।
खुट्टामा पनि हेरे । मलाई छट्पटी भयो– हिड अस्पाताल ।
उ मानेन – साहुले मार्छ ।
कुन हो साहु भन म कुरा गर्छु ।
एउटा होटलमा काम गर्दाे रहेछ । उ डरायो उसको डरलाई शान्त गर्दै भने – तिमी अघी अघी जाउ म पछी पछी आउछु । कसैलाई नभन्ने नि ।
तर मानेन । अगाडि मेडिकल लस्करै थियो । त्यसैले भने – त्यो मध्यमा कुनैलाई गएर देखाउ हिँड ।
तैपनी मानेन । अन्तिम उपाय तस्बिर खिचे । मेडिकलमा देखाएँ । र एउटा मलम लगेर लगाउ भन्दै त्यहाँ बाट हिंडे ।
मैले त्यो बेलामा भुले म कहाँ छु, मेरो आँशुले आँखा छोडेको थ्यो । एक मन लागेको थियो अहिले नै गएर त्यस होटेल वालालाई केही गरु । तैपनी त्यो उपयुक्त बेला लागेन । म कानुन को बिद्यार्थी पनि हुँ यस हिसाबले हाम्रो कानुन के कती न्यायवादी छ मलाई था छ ।
मजदुर सम्बन्धी व्यबस्था एैन, २०१६ ले १४ बर्ष मुनिका बालबालिकालाई नाबालक भनिएको छ र २०४९ को श्रम सम्बन्धी नियमवली, नियम ३ तथा ४ मा नाबालिक एवम महिला बालिक कामदारहरुलाई सामान्य बिहान ६ बजे देखी बेलुका ६ सम्म मात्रा काममा लगाउनु पर्छ । तोकिएको समय भन्दा बढी लगाउनु हुँदैन ।
यो होटलमा यो बाबुले यती मात्रै काम गर्छ या गर्दैन त्यो हेर्ने कानुन छैन । र मैले किन लगाइस भनेर प्रश्न गर्ने अधिकार पनि छैन ।
अर्काे कुरा, बिरामी बिदाको लागि कानुनले राम्रो व्बस्था गरेको छ, श्रम एैन,२०४८ को दफा ४० र श्रम नियमावली, २०५० को नियम २८ वमोजिम । तर, यहाँ तर को ठुलो पर्खाल छ यस्ता बालबालिकाको लागि जो बालबालिका आफ्नो झर्न लागेको हात अरुलाई देखाउन सक्दैनन भने आफ्नो हकको लागि नेपाल सरकारको मान्यता प्राप्त डाक्टरको प्रमाणपत्र संलग्न गरी बिदाको फारम भरिनु पर्छ । जुन नियमावली, २०५० को नियम ३ मा उल्लेखित छ । बस उल्लेखित । सुनौला अक्षरमा । जुन यस्ता बालबालिकाका लागि हैनन ।
बाल अधिकार सम्बन्धी न्याए, संघ सस्थाहरु, एनजिओ, आइएनजिओ औलामा नगन्ने छन तर पनि यस्ता बालबालिकाहरु समाजका वरिष्ठ कहलिएका समाजले पुजेका नेता देखी अभिनेता, व्यापारी, समाजसेवी, अधिकाशंका सेतो, इज्जतदार खोल भित्र निसास्रिहेका छन । यो त एउटा उदाहरण मात्र हो ।

16298510_1298895280149046_689155250929082211_n

साभार: जया ओझाको फेसबुक वालबाट 

वि.सं.२०७३ माघ १९ बुधवार ०४:५७ मा प्रकाशित