back
CTIZAN AD

इँटाभट्टाबाट फर्काइए दुई बालक

वि.सं.२०७३ माघ १९ बुधवार

876 

shares

१९ माघ,लिबाङ (रोल्पा) । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक्रमकाबीच अभिभावकको जिम्मा लगाएको छ ।

काठमाडौँस्थित बालविकास समाजमार्फत उद्धार गरिएका हार्जङ–५, रोल्पाका १४ वर्षीय शङ्कर विक र गैरीगाउँ–५ रोल्पाका १४ वर्षीय दीपक डाँगीलाई अभिभावकको जिम्मा लगाइएको हो ।

घरबाट भागेर नाइकेमार्फत काठमाडौँ पुगेका ती दुवै बालक केही महिना पहिलेदेखि इँटाभट्टामा जोखिमपूर्ण काममा संलग्न रहेका थिए । महाशक्ति इँटा उद्योग भक्तपुरका प्रोपाइटर कृष्णप्रसाद सुवालले काममा संलग्न दुई बालक विक र डाँगीलाई भक्तपुर प्रहरीको जिम्मा लगाएपछि बालविकास समाजमार्फत बालकलाई अभिभावकको जिम्मा लगाइएको बालविकास समाज काठमाडौँका कार्यक्रम सुपरभाइजर विदुर नेपालले जानकारी दिनुभयो ।

यसरी फर्काइएका डाँगीले प्रावि रानागाउँमा कक्षा ४ सम्म पढेर बीचमै पढाइ छोडेका थिए भने विक निरक्षर छन् । उनले सामान्य क, खसम्म पनि चिनेका छैनन् । डाँगीलाई पुनः विद्यालय भर्ना गराउने निर्णय भएको छ । आर्थिक अभावमा पिल्सिएका डाँगीलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शैक्षिक सामग्री उपलब्ध गराउने दिलकमल क्षेत्रीले बताउनुभयो ।

कार्यक्रममा महिला विकास अधिकृत लोकेन्द्र आचार्यले डाँगीलाई बालविकास समाज काठमाडाँैले उपलब्ध गराएको कापीकलम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बालकल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारी, हुरेक रोल्पाका हस्तबहादुर घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७३ माघ १९ बुधवार ०५:१५ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...