back
CTIZAN AD

अग्लो र स्टाइलिस देखिनको लागि यी कुरामा ध्यान दिनुहोस्

वि.सं.२०७७ चैत १७ मंगलवार

639 

shares

१७ चैत्र, काठमाडौं । आर्कषक व्यक्तित्वको लागि राम्रो देखिनु मात्र नभएर शरीरको उचाई पनि उत्तिकै महत्वपुर्ण रहेको हुन्छ । उचाई कम हुँदा कपडा लगाउँदा राम्रो देखिदैन् । यस कारण मानिसले आफुलाई अग्लो देखाउनको लागि अनेक प्रयासहरु गर्छन् ।

तर हामीले थोरै मात्र ध्यान दिएमा होचो मानिस पनि स्टाइलिस देखिन सकिन्छ । गलत तरिकासँग कपडा लगाउँदा पर्फेक्ट देखिदैन् ।
स्टाइल एक्सपर्ट र फेसन डिजाइनरको अनुसार रङ र स्टाइलिस कपडा सहि तरिकाले लगाउँदा होचो मानिस पनि अग्लो देखिन सकिन्छ ।

हेयर स्टाइल– कम उचाई भए हेयर स्टाइलबाट उचाई अग्लो देखाउन सकिन्छ। कपाललाई माथि उठाएर बाँध्दा अग्लो देखिन्छ।

फुटवेयर– उचाई कम छ भने, हाई हिल लगाउँदा अग्लो देखिन्छ। सुन्दर र आकर्षक देखिनको लागि हाई हिल जुत्ता लगाउन पनि सकिन्छ।

ठूला–ठूला प्रिन्ट भएको कपडा नलगाउने– यदि शरिर मोटो छ भने, ठूला–ठूला प्रिन्ट भएको कपडा नलगाउनुहोस्। यस्ता कपडा लगाउँदा शरिर मोटो र होचो देखिन्छ। होचो हाइट भएकाहरुले हाइनेक लगाउनबाट पनि बच्नुपर्छ।

डार्क र सिंगल कलरको कपडा लगाउने– पातलो, अग्लो र सुन्दर देख्नको लागि होचो महिलाहरुले डार्क र सिंगल कलरको कपडा लगाउनुपर्छ। मल्टिकलरको कपडाले शरिर मोटो र भद्दा देखिन्छ।

भर्टिकल्स लाइन भएको कपडा लगाउने– भर्टिकल्स लाइन भएको कपडा लगाउँदा अग्लो देखिन्छ। यस्तो प्याटर्न भएको कपडा लगाउँदा चौडाईमा भन्दा लम्बाइमा फोकस हुन्छ।

सहि साइज र फिटिङमा ध्यान राख्ने– शरीर मोटो भएकाहरुले धेरै लुज र धेरै फिटिङ कपडा लगाउनबाट बच्नुपर्छ। कपडा धेरै लुज कपडा लगाउँदा होचो र मोटो देखिन्छ।

वि.सं.२०७७ चैत १७ मंगलवार १३:०८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...