back
CTIZAN AD

प्रत्येक वर्ष तीन हजार नयाँ कुष्ठरोगी

वि.सं.२०७३ माघ १९ बुधवार

873 

shares

१९ माघ,काठमाडौँ  । पछिल्लो तीन वर्षमा कुष्ठरोगीको सङ्ख्या वृद्वि भइरहेको छ । नेपालमा प्रत्येक वर्ष तीन हजार नयाँ कुष्ठरोगी देखिने गरेको बताइएको छ । स्वास्थ्य मन्त्रालयको यसै तथ्याङ्कलाई आधारमा मान्ने हो भने सन् २०२० सम्म कुष्ठरोग निवारण देश बनाउने लक्ष्य पूरा हुन चुनौती देखिएको छ । संसारभरि कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेका अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिँदैन । नेपालमा प्रतिवर्ष तीन हजार एक सय र विश्वभरमा दुई लाख १० हजार व्यक्ति बहुऔषधोपचारले कुष्ठरोगबाट मुक्त भएको विश्व स्वास्थ्य सङ्गठनले देखाएको छ । नेपालमा हाल करिब ३० हजार कुष्ठरोग प्रभावित भएको तथा करिब ३३ हजार सोही रोगबाट अपाङ्गता भएका व्यक्ति छन् ।

नेपाल विसं २०६५(सन् २००८तिर) मा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि विसं सन् २०१० यता कुष्ठरोगीको सङ्ख्यामा कमी नआएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । समयमै रोग पहिचान गरी उपचारमा जान नसक्नु ठूलो समस्या भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६४ औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा बताउँदै कुष्ठरोगका कारण अपाङ्गतासम्बन्धी थप जिम्मेवारी आएको उल्लेख गर्नुभयो ।

विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले दक्षिण एसियाली देशमा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको र नेपालको तराई क्षेत्रमा सो रोगको सङ्क्रमण बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारतमा अहिले एक लाख ३७ हजार कुष्ठरोगका बिरामी छन् । खुला सिमानाका कारण नेपालमा पनि यसको सङ्क्रमण उत्तिकै छ । त्यसैले नेपालले मात्र न्यूनीकरणका लागि काम गरेर हुँदैन, दुवै देशले मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।” महाशाखाका अनुसार हाल बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको सङ्ख्या अधिक छ ।

कुष्ठरोग निवारण हुन बाँकी अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, सप्तरी, मोरङ र झापा जिल्लालाई सन् २०२०(विसं २०७७ तिर) सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको महाशाखा प्रमुख डा पाण्डेले बताउनुभयो । उहाँका अनुसार ५० जिल्ला कुष्ठरोग निवारणको अवस्थामा छन् । हाल डोल्पा, मुस्ताङ, मनाङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुर मात्र कुष्ठरोगमुक्त क्षेत्रका रुपमा छन् ।

नेपालमा हाल दुई हजार पाँच सय जना कुष्ठरोगीको उपचार भइरहेको महाशाखाले जनाएको छ । मानिसको खुट्टा कमजोर हुँदै गएमा, हातखुट्टा पोल्ने र निदाएजस्तो भएमा, छालामा रातो वा फुस्रो रङको दाग देखा परेमा, आँखी भौँं झरेमा वा पातलो भएमा, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो भएमा, लगातार हातखुट्टा झमझम गरेमा र नाक थेप्चो भएर गएको भेटिएमा कुष्ठरोगको लक्षण हुन सक्छ ।

वि.सं.२०७३ माघ १९ बुधवार १५:३२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...