back
CTIZAN AD

एक्काइस दल दर्ता

वि.सं.२०७३ माघ १९ बुधवार

936 

shares

१९ माघ,त्रिशूली(नुवाकोट)  । जिल्ला निर्वाचन कार्यालयमा २१ राजनीतिक दलले आफ्नो विवरण बुझाएका छन् ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्ष्य गरी केन्द्रमा दर्ता भएका दललाई जिल्ला जिल्लामा पनि विवरण बुझाउन एक महिनाको अवधि दिएको थियो । यही माघ १८ गतेसम्म ती दलले कार्यालयमा आआफ्नो विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो ।
दल दर्ता गराउने राजनीतिक दलमा चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस, नेकपा(माले), देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल परिवार दल, नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी, देशभक्त समाज, नेपाल जनलोकतन्त्र पार्टी र शान्ति पार्टी छन् ।
त्यस्तै नेकपा(एमाले), गान्धीवादी पार्टी नेपाल, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय यथार्थवादी पार्टी, नेकपा माले जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दल दर्ता गराएका छन् ।

वि.सं.२०७३ माघ १९ बुधवार १५:३१ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...