१९ माघ,त्रिशूली(नुवाकोट) । जिल्ला निर्वाचन कार्यालयमा २१ राजनीतिक दलले आफ्नो विवरण बुझाएका छन् ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्ष्य गरी केन्द्रमा दर्ता भएका दललाई जिल्ला जिल्लामा पनि विवरण बुझाउन एक महिनाको अवधि दिएको थियो । यही माघ १८ गतेसम्म ती दलले कार्यालयमा आआफ्नो विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो ।
दल दर्ता गराउने राजनीतिक दलमा चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस, नेकपा(माले), देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल परिवार दल, नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी, देशभक्त समाज, नेपाल जनलोकतन्त्र पार्टी र शान्ति पार्टी छन् ।
त्यस्तै नेकपा(एमाले), गान्धीवादी पार्टी नेपाल, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय यथार्थवादी पार्टी, नेकपा माले जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दल दर्ता गराएका छन् ।
वि.सं.२०७३ माघ १९ बुधवार १५:३१ मा प्रकाशित