Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सुनसरी र मोरङ जिल्ला विजयी



१९ माघ,काठमाडौँ  । आठौँ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुनसरी र मोरङ जिल्ला विजयी भएका छन् ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा सुनसरीले कास्कीलाई ६ विकेट तथा मोरङले बाँकेलाई ४८ रनले पराजित गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको सुनसरीले कास्कीले दिएको ७९ रनको चुनौतीलाई १०.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

सुनसरीको जितमा केशव न्यौपानेले ३१ तथा रुपेश चौधरीले १७ जोडे । कास्कीलाई कमैमा समेट्ने क्रममा सुनसरीका ज्ञान सुवेदी एक्लैले तीन विकेट लिए । न्यौपाने र विवेकचन्द्र राईले दुई–दुई विकेट लिए भने निरज श्रेष्ठले एक विकेट हात पारे ।

त्यसैगरी टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरमा पाँच विकेट गुमाउँदै १८६ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको बाँके १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । बहिरा क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा छ टोलीको सहभागिता छ । प्रतियोगिता यही माघ २२ गतेसम्म चल्नेछ ।

कुमारी र सिद्धार्थ सेमिफाइनलमा

नेपालगन्ज–अन्तराल कप अन्तर बैंक फाइभ ‘ए’ साइड फुटबल प्रतियोगिताअन्तर्गत आज यहाँ दुई खेल सम्पन्न भए ।

प्रतियोगिताको पहिलो खेलमा एनआइसी एसियाले नबिल बैंकलाई एकका विरुद्ध तीन गोल तथा दोस्रो खेलमा नेपाल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गरे । यसअघि लिग चरणको खेलमा समूह ‘ए’ बाट चार अङ्कसहित कुमारी बैंक र समूह ‘बी’ बाट तीन अङ्कसहित सिद्धार्थ बैंकले सेमिफाइनलको यात्रा गरिसकेका छन् ।
सुदूरपश्चिम–११ माथि झापा–११ कोे जित
बनियानी (झापा)– बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी रमपम झापा गोल्डकपमा सुदूरपश्चिम–११ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापा–११ का विदेशी मार्टिनले तीन र बुद्ध चेम्जोङले एक गोल गरेका थिए । खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का मार्टिन घोषित भए ।
शुक्रबारको खेल मनाङ–मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच हुने आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले जानकारी दिनुभयो । दश टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेताले रू सात लाख र ट्रफी तथा उपविजेताले रू तीन लाख ५० हजारसहित ट्रफी पाउनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ