Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

हत्या अभियोगमा युवक पक्राउ



२० माघ, जुम्ला । गुठीचौर–२ नापानी गाउँका ३० वर्षीय युवकलाई बुधबार आफ्ना मातापिताको ढुङ्गाले थिचेर हत्या गरेको अभियोग लगाइएको छ ।

अभियुक्त वीरबहादुर ऐडीले ४५ वर्षीय बाबु गोरखबहादुर र ५० वर्षीया आमा जयरुपीको हत्या गरेको भेटिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । घटनास्थल सदरमुकामबाट सात घन्टाको दूरीमा रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ । छोराको मानसिक अवस्था ठीक नभएकाले आमाबाबुको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैबीच भेडा चराउन गएका विराट–२ गोठेलगाउँका २८ वर्षीय तिखे बुढाको रुखले च्यापिएर मृत्यु भएको छ । भेडालाई खुवाउने खर्सुको रुख काट्दै गर्दा रुख ढलेर उनलाई च्यापेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त सरिजुन बुढाले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ