back
CTIZAN AD

हत्या अभियोगमा युवक पक्राउ

वि.सं.२०७३ माघ २० बिहीवार

942 

shares

२० माघ, जुम्ला । गुठीचौर–२ नापानी गाउँका ३० वर्षीय युवकलाई बुधबार आफ्ना मातापिताको ढुङ्गाले थिचेर हत्या गरेको अभियोग लगाइएको छ ।

अभियुक्त वीरबहादुर ऐडीले ४५ वर्षीय बाबु गोरखबहादुर र ५० वर्षीया आमा जयरुपीको हत्या गरेको भेटिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । घटनास्थल सदरमुकामबाट सात घन्टाको दूरीमा रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ । छोराको मानसिक अवस्था ठीक नभएकाले आमाबाबुको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैबीच भेडा चराउन गएका विराट–२ गोठेलगाउँका २८ वर्षीय तिखे बुढाको रुखले च्यापिएर मृत्यु भएको छ । भेडालाई खुवाउने खर्सुको रुख काट्दै गर्दा रुख ढलेर उनलाई च्यापेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त सरिजुन बुढाले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ २० बिहीवार ०३:२८ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...