२० माघ, काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ र राष्ट्रिय कर्मचारी महासङ्घबीच बुधबार एकता भएको छ ।
नेकपा (माओवादी केन्द्र) सँग तत्कालीन नेकपा–माओवादीका नेता रामबहादुर थापा नेतृत्वमा आएको समूहबीच केही महिनाअघि पार्टी एकताभएपछि दुवै सङ्गठन निकट कर्मचारी महासङ्घबीच बुधबार एकता भएको हो । एकता भेलाले मोहनमान स्वाँर सल्लाहकार संयोजक र दयाराम बस्याल संयोजक रहनेगरी सात सय सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ महाधिवेशन आयोजक समिति गठन गरेको छ । यसैगरी एक सय सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।
भेलाले आगामी जेठ २४ र २५ गते एकता महाधिवेशन गर्ने निर्णय गरेको सल्लाहकार संयोजक स्वाँरले जानकारी दिनुभयो । दुवै कर्मचारी महासङ्घअन्तर्गतका निजामती कर्मचारी सङ्गठनबीच समेत आज एकता भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनबीच एकता भएको हो । एकता भेलाले हरि रावलका अध्यक्षतामा दुई सय सदस्यीय केन्द्रीय समिति तथा ५१ सदस्यीय सचिवालय गठन गरेको छ ।
वि.सं.२०७३ माघ २० बिहीवार ०३:३० मा प्रकाशित