back
CTIZAN AD

एक भए दुई कर्मचारी महासङ्घ

वि.सं.२०७३ माघ २० बिहीवार

798 

shares

२० माघ, काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ र राष्ट्रिय कर्मचारी महासङ्घबीच बुधबार एकता भएको छ ।

नेकपा (माओवादी केन्द्र) सँग तत्कालीन नेकपा–माओवादीका नेता रामबहादुर थापा नेतृत्वमा आएको समूहबीच केही महिनाअघि पार्टी एकताभएपछि दुवै सङ्गठन निकट कर्मचारी महासङ्घबीच बुधबार एकता भएको हो । एकता भेलाले मोहनमान स्वाँर सल्लाहकार संयोजक र दयाराम बस्याल संयोजक रहनेगरी सात सय सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ महाधिवेशन आयोजक समिति गठन गरेको छ । यसैगरी एक सय सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

भेलाले आगामी जेठ २४ र २५ गते एकता महाधिवेशन गर्ने निर्णय गरेको सल्लाहकार संयोजक स्वाँरले जानकारी दिनुभयो । दुवै कर्मचारी महासङ्घअन्तर्गतका निजामती कर्मचारी सङ्गठनबीच समेत आज एकता भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनबीच एकता भएको हो । एकता भेलाले हरि रावलका अध्यक्षतामा दुई सय सदस्यीय केन्द्रीय समिति तथा ५१ सदस्यीय सचिवालय गठन गरेको छ ।

वि.सं.२०७३ माघ २० बिहीवार ०३:३० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...