back
CTIZAN AD

‘सङ्गीत साधना सम्मान’ गुरुङलाई

वि.सं.२०७३ माघ २० बिहीवार

882 

shares

२० पुस, काठमाडौँ । सांस्कृतिक संस्थानले वरिष्ठ तबलावादक रामहरि गुरुङलाई यस वर्षको ‘सङ्गीत साधना सम्मान’ प्रदान गरेको छ ।

उनानब्बे वर्षीय गुरुङलाई सात दशकसम्म तबलावादनका क्षेत्रमा योगदान गरेकाले रु २५ हजारसहित सम्मानपत्र दिइएको हो । उहाँ अहिले अर्बुद रोगबाट पीडित हुनुहुन्छ ।

बुधबार आयोजित ‘वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा साधक सम्मान समारोह’मा वरिष्ठ तबलावादक गोपालनाथ योगीले पुराना साधकले गीत तथा सङ्गीतका क्षेत्रमा गरेको विकासलाई स्मरण गरी संस्थानले गरेको सम्मानले शास्त्रीय सङ्गीतको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थानका अध्यक्ष उद्योग राईले नयाँ र पुराना कलाकारलाई एक स्थानमा भेला गराई अनुभव आदानप्रदान गर्न सो उत्सव महत्वपूर्ण रहेको बताउनुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले वसन्तपञ्चमीलाई सङ्गीतको विद्या आर्जन गर्ने महत्वपूर्ण दिनका रुपमा लिइने बताउँदै सङ्गीतले मन र समाजलाई जोड्न सक्ने तथा राष्ट्र एकताको सूत्रधारका रुपमा कार्य गर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा रवीन्द्रलाल श्रेष्ठ, बाला भट्टराई, नगेन्द्र राई, सुशीला अमात्यलगायतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

वि.सं.२०७३ माघ २० बिहीवार ०३:३२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...