Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

‘सङ्गीत साधना सम्मान’ गुरुङलाई



२० पुस, काठमाडौँ । सांस्कृतिक संस्थानले वरिष्ठ तबलावादक रामहरि गुरुङलाई यस वर्षको ‘सङ्गीत साधना सम्मान’ प्रदान गरेको छ ।

उनानब्बे वर्षीय गुरुङलाई सात दशकसम्म तबलावादनका क्षेत्रमा योगदान गरेकाले रु २५ हजारसहित सम्मानपत्र दिइएको हो । उहाँ अहिले अर्बुद रोगबाट पीडित हुनुहुन्छ ।

बुधबार आयोजित ‘वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा साधक सम्मान समारोह’मा वरिष्ठ तबलावादक गोपालनाथ योगीले पुराना साधकले गीत तथा सङ्गीतका क्षेत्रमा गरेको विकासलाई स्मरण गरी संस्थानले गरेको सम्मानले शास्त्रीय सङ्गीतको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थानका अध्यक्ष उद्योग राईले नयाँ र पुराना कलाकारलाई एक स्थानमा भेला गराई अनुभव आदानप्रदान गर्न सो उत्सव महत्वपूर्ण रहेको बताउनुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले वसन्तपञ्चमीलाई सङ्गीतको विद्या आर्जन गर्ने महत्वपूर्ण दिनका रुपमा लिइने बताउँदै सङ्गीतले मन र समाजलाई जोड्न सक्ने तथा राष्ट्र एकताको सूत्रधारका रुपमा कार्य गर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा रवीन्द्रलाल श्रेष्ठ, बाला भट्टराई, नगेन्द्र राई, सुशीला अमात्यलगायतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम