back
CTIZAN AD

यी चार मन्त्रीको सांसद पद खारेज हुँदै

वि.सं.२०७७ चैत २५ बुधवार

921 

shares

२५ चैत, काठमाडौं । मन्त्रीहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीको सांसद पद खारेज हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ्रले पार्टी परित्याग गरेका ४ जना नेताहरुको सांसद पद खारेजीका लागि निवेदन दिएसँगै उनीहरुको सांसद पद खारेज हुने भएको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिनिधिसभा संसदीय दलले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गरेका छौं, ऐ दफा ३४ (२) ले तोकेको प्रक्रिया बमोजिम सम्बन्धीत सदन तथा सभामा समेत पेश गर्नुहुन अनुरोध छ’ भन्ने व्यहोरोको प्रचण्डको पत्र मंगलबार सो दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसदको सचिवालयमा दर्ता गराए लगत्तै चार मन्त्रीको सांसद पद खारेजीको प्रक्रिया अघि बढेको हो ।

यसैबीच लुम्बिनी प्रदेशका दुई सांसद पद मुक्त भैसकेका छन् । सो दलको प्रदेश संसदीय दलको पत्र अनुसार सांसदहरु दिनेश पन्थी र दधिराम न्यौपानेले दल परित्याग गरेको जानकारी सभामुखले प्रदेशसभामा गराए लगत्तै उनीहरु पदमुक्त भएका छन् ।

नेकपा (माओवादी केन्दू) का अनुसार गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य भएकाले उनको विषयमा पनि जानकारी गराउने तयारी गरिएको छ । सांसद नै नरहेका मन्त्री मणि थापा र दावा लामा भने पार्टीबाट मात्रै निश्कासित हुनेछन् ।

 

वि.सं.२०७७ चैत २५ बुधवार १०:०१ मा प्रकाशित

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...