२५ चैत, काठमाडौं । माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयललाई पत्र लेखेपछि सहरी विकास मन्त्री प्रभु शाहले सांसद पदमाथि भएको अनुचित हमलाको दुश्प्रयास आफैमा प्रतिगामी भएको बताएका छन् ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चारमन्त्रीको सांसद पद खारेजको माग गर्दै सचिवालयलाई पत्र लेखेसँगै मन्त्री शाहले बुधबार यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको परकाष्ठा रहेको भन्ने अभिव्यक्ति दिँदै भनेका छन्,
‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता÷सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन ।’
#निर्वाचित_सांसदलाई_पदमुक्त_गर्ने_प्रचण्डको_कदम_निरंकुशताको_पराकाष्ठा
जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त…
Posted by Prabhu Sah on Tuesday, April 6, 2021
मन्त्री शाहले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएको सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन् ‘अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक÷कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।’
वि.सं.२०७७ चैत २५ बुधवार १०:२० मा प्रकाशित






























