
२५ चैत्र, चितवन । चितवनको भरतपुर अस्पतालले आजका दिन ओपिडी टिकट निःशुल्क गरेको छ।
अस्तालको ५८ औँ वार्षिकोत्सवको अवसरमा आज अस्पताल आउने बिरामीलाई निःशुल्क सेवा दिन लागिएको जारी सूचनामा जनाइएको छ ।
आज बिहान ११ बजेसम्म ओपिडी टिकट निःशुल्क गरिएको हो। तर ल्याब तथा एक्सरेमा भने सेवा शुल्क लाग्ने बताइएको छ।