back
CTIZAN AD

‘अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको कोरोना चट’ : प्रधानमन्त्री ओली

वि.सं.२०७७ चैत २७ शुक्रवार

762 

shares

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारी नियन्त्रण गर्न नसकेकाे भनि प्रधानमन्त्रीको आलोचना मात्र गर्नु भन्दा आफ्नो तर्फबाट अपनाउन पर्ने सुरक्षाका उपयाहरु अपनाउन सबैमा आग्रह गरेका छन् । उनले कोरोना भगाउनको लागि अरु केहि नगरेपनि अम्बाको पात उमालेर गागलगरे मात्रपनि कोरोनाबाट बच्न सकिने बताए ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा बोल्दै उनले भने,‘ अलि तातोतातो पानी लिदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्ना ठाउबाट अपनाउन पर्ने सुरक्षाका उपायहरु अपनाउनुको सट्टा प्रधानमन्त्री गम्भीर भएन भनेर मात्र समश्याको समाधान नहुने पनि बताए । उनले भने, ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागेपनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनुपरेन ’ उनले भने, ‘प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’

उनले सोहि कार्यक्रममा बोल्दे भारतमा कोरोनाको महामारीको दर बढ्दै गएकाले आफुहरुको पक्षबाट सचेत नहुने हाेभने मुलुकलाई पुन लकडाउनको अवस्थामा लैजान पर्ने अवस्था आउन सक्नेमा पनि चेतावनी दिदै भने, ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । ’ उने सबैले सबधानि अपनाउन समेत आग्रह गरे, ‘हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । हामी कोभिड–१९ लाई अवसर नदिऔं ।’

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:१० मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...