३१ चैत, काठमाडौं । श्रीमतीको हत्या गरेर युएई भागेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले युएईबाटै पक्राउ गरेर नेपाल ल्याएको छ ।
तेह्रथुम आठराई गाउँपालिका ४ तीनसल्लेका काजिमान पुरी २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी युएई भागेका थिए । अन्तराष्ट्रिय खोजतलास गर्नका लागि नेपाल प्रहरीको नेशनल सेन्ट्रल व्युरो काठमाडौंको अनुरोधमा इन्टरपोल आवुदावी युएईको समन्वयमा अभियुक्तलाई पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय शाखाबाट खटिएको टोलीले उनलाई युएईबाट पक्राउ गरेको हो । पक्राउ परेका पुरीलाई प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । हत्यामा संलग्न पुरीका दुईजना भाइहरु पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १४:४३ मा प्रकाशित






























