३१ चैत्र, काठमाडौं । नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यसहित ललितपुरको कनिवहालस्थित होटेल गुडविलले दोस्रो गुडविल मार्केट आयोजना गर्ने भएको छ ।
नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोग बढाई उत्पादकलाई प्रोत्साहन गर्न होटल गुडविलले यहि आउँदो वैशाख ४ गतेबाट दोस्रो गुडविल मार्केट आयोजना गर्न लागेको हो ।
म्हसिका एजुकेसन एन्ड इन्टरटेन्मेन्टको सहकार्य रहेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर हस्तकला महासंघको सहयोग रहने बताएको छ ।
विभिन्न स्थानिय उत्पादन तथा खानाका स्टल रहने उक्त बजारमा बुद्धिष्ट आर्ट ग्यालरीको चित्रकला प्रदर्शनी पनि रहने जनाइएको छ । यसका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि त्यहाँ रहने आयोजकले जनाएको छ ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १४:३३ मा प्रकाशित






























