back
CTIZAN AD

राजिस्थान रोयल्सलाई अर्को ठूलो झट्का, बेन स्टोक्स बाहिरिए आईपिएलबाट

वि.सं.२०७८ वैशाख १ बुधवार

681 

shares

१ वैशाख, काठमाडौँ । राजिस्थान रोयल्सलाई दिल्ली क्यापिटल्स विरुद्धको दोस्रो खेल अगाडी अर्को ठूलो झट्का लागेका छ । टिमका अलराउण्डर खेलाडी बेन स्टोक्स चोटको कारणले गर्दा २०२१ को आईपिएलबाट बाहिरिएका छन ।

राजिस्थानले ट्वीटरबाट ट्वीट गर्दै बेन स्टोक्स आईपिएलबाट बाहिरिएको जानकारी दिएको हो ।

पंजाब किंग्स विरुद्धको पहिलो खेलमा फिल्डिङ्ग गर्ने क्रममा उनी चोटिल भएको थिए । त्यहीँ चोटको कारणले गर्दा उनी आईपिएलबाटै बाहिरिनु परेका छ ।स्टोक्सको स्थानमा राजिस्थानले अहिलेसम्म अरु कुनै खेलाडीलाई टिममा अनुबन्धित गरेको छैन । उनले पंजाब विरुद्धको खेलमा बलिङ्गमा १ ओभर गरेर १२ खर्चेका थिए भने ब्याटिङ्गमा उनी शून्यमा आउट भएका थिए । राजिस्थान त्यस खेलमा पंजाबसँग ४ रनले पराजित भएको थियो ।

राजिस्थानका फास्ट बलर जोफ्रा आर्चर पनि चोटको कारणले गर्दा अहिले टिम बाहिर रहेका छन । उनी आईपिएलबाट भने बाहिरिएका छैनन् । चोटबाट मुक्त भएपछि आर्चर पुन टिमसँग जोडिने छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार ११:१७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...