२ वैशाख, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिचको तेस्रो टि-२० मा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।
टस हारेर पहिलो ब्याटिङ् गरेका दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ६३ रन बनाएक थिए । त्यसैगरी जेन्नेमान मलान ५५, जर्ज लिन्डेले २२ , रसि भ्यान डर डुसेनले ३४, हेनरिच क्लासेनले १५ र एन्डिले फेहलुक्वायोले ११ रनको विस्फोटक पारी खेलेका थिए । पाकिस्तानका लागि बलिङ्ग मोहम्मद नवाजले सर्वाधिक २ विकेट लिएका थिए ।
दक्षिण अफ्रिकाले दिएको २०४ रनको विशाल लक्ष्य पाकिस्तानले १८ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५९ बलमा १२२ रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए । बाबर आजमको यो टि-२० अन्तराष्ट्रिय क्रिकेटमा पहिलो सतक हो । त्यसैगरी अर्का ओपनर मोहम्मद रिजवानले ४३ बलमा ७३ रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । दक्षिण अफ्रिकाका लागि १ मात्र विकेटले लिजाड विलियम्सले लिएका थिए ।
जितसँगै पाकिस्तानले ४ खेलको टि-२० श्रृखलामा २-१ ले अग्रता लिएको छ ।
वि.सं.२०७८ वैशाख २ बिहीवार १०:४६ मा प्रकाशित



























