back
CTIZAN AD

तपाईको आज शुक्रबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् विशेष लाभान्वित !

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

771 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । सुखद् समाचारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले चिताएको योजना पनि कार्यान्वयनमा आउनेछ । बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ । आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ । बलजफ्तीले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण काम सम्पादन गरेर पनि धन आर्जन गर्न सकिनेछ । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला। खर्च बढ्नाले अर्थअभाव देखिए पनि आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका काम बन्नेछन् । पछिका लागि लगानी बढाउने समय छ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । सामाजिक जिम्मेवारी बढ्नेछ । तर अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सफल भइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा पछि दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । बाध्यात्मक परिस्थितिले अप्ठ्यारोमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । अरूका काममा अमूल्य समय खर्चनुपर्ला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्ने समय छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
वैधानिक प्रावधानले काममा समस्या पर्नेछ । अधिकार जोगाउन केही चुनौती सामना गर्नुपर्ला । तापनि, भौतिक साधन जुट्नुका साथै दिगो काम प्रारम्भ हुनेछ । बल तथा बुद्धिको उपयोगले चुनौती पन्छाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य– समस्याले अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउनेछन् । उपलब्धि हासिल गर्न केही समय लाग्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ। चुनौती पन्छाएर पनि जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

२०७८ वैशाख ३ गते, शुक्रवार, १६ अप्रिल २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बिहीवारको राशिफल भन्छ–आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०७:५४ मा प्रकाशित