
काठमाडौं । चिलीले विश्वमा नै पहिलो पटक कोरोनो विरुद्धको खोप सम्पन्न गरेको थियो । तर पुनः चिलीमा कोरोना संक्रमणले महामारीको रुप लिएको छ । अहिले चिली सरकारले पुनः लकडाउनको घोषणा गरेको छ । महामारी शुरु भएयताकै धेरै संक्रमित भएपछि पुनः लकडाउन गर्नुपरेको चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले बताए ।
अहिले चिलीका अस्पतालका आइसियु कक्षहरु कोरोना संक्रमितबाट विमारी भएकाले भरिएका छन् । संक्रमणले पुनः महामारीको रुप लिएपछि सरकारले करिब २ करोड मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
अप्रिल ९ मा मात्रै नयाँ संक्रमित ९ हजार भन्दा धेरै थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च भएको तथ्यांकले देखाएको छ । गत वर्ष जुनमा चिलीमा संक्रमण फैलिएको बेला पनि संक्रमितको संख्या ७ हजार भन्दा कम थियो ।
संसारन्युज/अन्र्तराष्ट्रिय व्युरो