back
CTIZAN AD

कहिले होला नासा Inegnuity हेलिकप्टरको मंगल ग्रहमा उडान परिक्षण ?

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

1.1K 

shares

ऐजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासा ले मंगल ग्रहमा उडाउने अभ्यास गरेको Inegnuity  हेलीकप्टरको लागि थप केहि समय प्रतिक्षा गर्नुपर्ने भएको छ । नासाको जेट प्रोपल्शन ल्याब्रोरेटरीले प्राविधिक कमजोरीका बाबजुद पनि १४ अप्रिलमा उडान परिक्षण गर्ने जनाएको थियो । तर नयाँ विश्लेषण गर्दा उडान परिक्षणको लागि अझै एक हप्ता प्रतिक्षा गर्नपर्ने देखिएको छ । अप्रिल ९ मा गरिएको हाई–स्पिड रोटर–स्पिनङ टेस्टको विश्लेषण गर्दा बैज्ञानिकहरुले अरु थप टेस्ट परिक्षणको लागि अझै हप्ता प्रतिक्षा गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

अघिल्लो हप्ता निर्णय हुनसक्ने
JPL ले हेलिकप्टरको फ्लाइट नियन्त्रण सफ्टवेयरमा केहि परिवर्तको को आवश्यकता भएको जनाएको छ । त्यसैले हेलिकप्टरको उडान सम्बन्धमा अन्तिम फैसला हुन नसकेको हो । सफ्टवेयर परिवर्तनको लागि केहि समय लाग्न सक्छ । यसमा कति समय लाग्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । बैज्ञानिकहरुका अनुसार यो चुनौती सामना गरेर दोस्रो ग्रहमा नियन्त्रणका साथ उडान गर्न सफल भएमा यो नयाँ इतिहास बन्ने छ ।

सफल होला त मिशन ?
हेलिकप्टरको अवस्था एकदम सहि छ । साथै यसको उर्जा सञ्चार प्राणालीले पनि अत्यन्तै सहि काम गरिरहेको छ । नासाका अनुसार हेलीकप्टर उड्न र केहि दुरी पार गर्न सफल भएमा मिशन ९० प्रतिशत सफल भएको मानिनेछ । यदि त्यसरी उडेर अवतरण गर्न सफल भएमा अरु थप चार फ्लाइट टेस्ट गर्न सकिनेछ । यो पहिलो पटकको परिक्षण भएकाले बैज्ञानिकहरु निकै उत्साहित देखिएका छन् । साथै बैज्ञानिकहरुले नयाँ खोज तथा अनुसन्धानमा रुची देखाएका छन् ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०८:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...