back
CTIZAN AD

रअ प्रमुखसँग जोडिएर आएका समाचार भ्रमपूर्ण र निन्दनीय – राजन भट्टराई

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

786 

shares

३ वैशाख, काठमाडौँ । भारतीय ख़ुफ़िया एजेन्सि(रअ)का प्रमुखसँग जोडिएर आएका समाचार भ्रमपूर्ण र निन्दनीय प्रचार भएको स्पष्ट पारिएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुखसँग ४ बुँदे सम्झौता भएको भनि केही संचारमाध्यममा आएको समाचार भ्रमपूर्ण र निन्दनीय प्रचार भएको बताएका छन् ।

‘भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ’ भट्टराईले लेखेका छन् ।

विदेश मामिला जस्तो विषयमा खेलवाड नगर्न समेत आग्रह गर्दै उनले भनेका छन ‘बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’

उज्यालो नेटवोर्कले ४ महिना अघि नेपाल आएका रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीले गोप्य रुपमा ४ बुँदे सम्झौता गरेको भन्दै दुवैको हस्ताक्षरित सम्झौता प्रकाशित गरेसँगै अरु अनलाइन मिडियाहरुले पनि समाचार बनाएका थिए ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०८:५४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...