back
CTIZAN AD

श्रेयस अय्यर र अक्सर पटेलको स्थानमा दिल्लीले टिममा भित्रायो यी २ युवा खेलाडीलाई

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

792 

shares

३ वैशाख, काठमाडौँ । दिल्ली क्यापिटल्सले २०२१ को आईपिएलका लागि श्रेयर अय्यर र अक्सर पटेलको स्थानमा दुई नयाँ युवा खेलाडीहरुलाई टिममा भित्राएको छ ।

इन्डियन प्रिमियर लिग आईपिएलले आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट ट्वीट गदैँ दिल्लीले युवा खेलाडी अनिरुद्ध जोशी र श्याम्स मुलानीलाई टिममा अनुबन्धित गरेको जानकारी दिएको हो ।

चोटको कारणले गर्दा आईपिएलबाट बाहिरिएका श्रेयस अय्यरको स्थानमा दिल्ली क्यापिटल्सको टिमले अनिरुद्ध जोशीलाई टिममा भित्राएको छ । त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएका अक्सर पटेलको स्थानमा अलराउण्डर श्याम्स मुलानीलाई अस्थायी रुपमा टिममा अनुबन्धित गरेको हाे । अक्सर पटेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनी पुन श्याम्स मुलानीको स्थानमा टिममा भित्रिने छन ।

अनिरुद्ध जोशी यस अघि रोयल च्यालेन्जर्स बेङ्गलोर र राजस्थान रोयल्ससँग अनुबन्धित रहेका थिए । श्याम्स मुलानी भने पहिलो पटक आईपिएलको कुनै टिममा अनुबन्धित भएका हुन ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १३:४४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...