३ वैशाख, काठमाडौँ । मलेसिया र नेदरल्याण्ड विरुद्धको त्रिकोणात्मक टि-२० श्रृखला अघि नेपाली राष्ट्रिय टिमलाई ठूलो झट्का लागेको छ । राष्ट्रिय टिमका पुर्वकप्तान तथा विस्फोटक ब्याट्सम्यान पारस खड्का त्रिकोणात्मक टि-२० श्रृखलाबाट बाहिरिएका छन ।
चोटको कारणले गर्दा त्रिकोणात्मक टि-२० बाट आफु बाहिरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन । आईतबार प्रशिक्षणका क्रममा आफु चोटिल भएको उनले बताएका छन । उनी चोटमुक्त हुनेका लागि २ देखि ३ हप्ता लाग्ने अनुमान गरिएको छ ।
Having bumped my right shoulder while attempting to take a catch last sunday during a practice game,it aggravated my…
Posted by Paras Khadka on Friday, April 16, 2021
नेपालले त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा भोली नेदरल्याण्डको सामना गर्दै छ । डबल राउण्ड रोबिनको आधारमा खेलाईने श्रृखलामा प्रत्यक तिनवटा टोलिले एकअर्का विरुद्ध २/२ खेल खेलीसकेपछि अंक तालिकाको शिर्ष २ मा रहेने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्रिकोणात्मक श्रृखलाको फाइनल खेल वैशाख ११ गते हुनेछ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १३:५७ मा प्रकाशित


























