back
CTIZAN AD

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

1.1K 

shares

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना कसुर २१ महिना कतारको जेलमा बस्नु परेको अनौठो घटना सार्वजनिक भएको छ ।

यो घटना हो मुम्बईका एक जोडीको । सन् २०१९ मा विवाह बन्धनमा बाधिएका उनीहरुलाई आफ्नै फुपुले हनिमुन मनाउन कतार जान सल्लाह दिँदै टिकट समेत काटिदिएकी थिइन् ।

आफ्नै फुपुले हनिमुन मनाउनका लागि टिकट काटिदिएपछि मुम्बईका ओनिवा र शरीक कतारका लागि उडेका थिए । ६ जुलाई २०१९ का दिन कतारको हमाद इन्टरनेशनल विमानस्थलमा उत्रिएका उनीहरुको साथबाट चेकजाचका क्रममा ब्यागबाट ४ किलो चरेश वरामद गरिएको थियो । उनीहरुले व्याग आफ्नो हो भनेर स्वीकारे पनि उक्त चरेश कसरी आएको थियो भन्ने उनीहरुलाई थाहा भएन । जव प्रमाण बुझाउन सकेनन् अनि कतारको एक अदालतले उनीहरुलाई १० वर्षको जले सजाय सुनाइदियो ।

जेलपरेपछि उनीहरुले भारतको नारकोटिक्स कन्ट्रोल व्युरोको सहयोग मागे । एनसीबीका निर्देशक र सहनिर्देशकको टिमले यस विषयमा अनुसन्धान गर्न थाल्यो । उनीहरुले शरीकको मोबाइल फोनको कुराकानीबाट अनुसन्धान सुरु गर्यो । उक्त कुराकानीबाट उनकी फुपुले कतार जान लागेका उनीहरुलाई पानमा प्रयोग गरिने जर्दा राखिदिएको भनेर चरेश राखिदिएको अनुसन्धानका क्रममा खुलेको थियो । अनुसन्धानपछि चंडिगढमा रहेको उनीहरुको शरीकका फुपुको घरमा छापा मार्नुका साथै उनलाई पक्राउ गरेपछि फुपुले नै हनिमुन प्याकेजको स्पोन्सर गरेको र उनीहरुसँगै चरेश कतार पठाएको पत्ता लाग्यो ।

ओनिबा और शरीक और उनकी बेटी को लेने के लिए मुंबई एयरपोर्ट पर पूरा परिवार पहुंचा हुआ था।

जव एनसीबीको टिमले यसरी सबै प्रमाण जुटाएपछि दुवैजनालाई कुटनीतिक तवरबाट कतारको जेलबाट निकाल्नका लागि पहल गरियो । उनीहरुको यस्तो कार्यमा संलग्न नरहेको भन्ने प्रमाण प्रधानमन्त्री कार्यालयसम्म पठाइयो । त्यसपछि विदेश मन्त्रालयको प्रयासमा कतारको उच्च अदालतले ११ जनवरी २०२१ मा तल्लो अदालतलाई मुद्दाको पुनः सुनुवाई गर्न आदेश दिएपछि शरीक, ओनिबा र उनीहरुकी एक वर्षीया छोरीलाई २९ मार्चमा जेलमुक्त गरिदिएपछि उनीहरु १५ अप्रिलका दिन देश फर्किन पाएका हुन् ।

हनिमुन मनाउन कतार गएका उनीहरुको साथमा १ वर्षकी छोरी पनि सँगै आएकी थिइन् । ऐजेन्सीको सहयोगमा

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १३:२६ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...