३ बैशाख, काठमाडौ । कोरोना भाइरस (कोभिड -१९) को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नेपालगंज उपमहानगरपालिकाले आगामी आइतबारदेखि लागुहुने गरि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले विद्यालयका साथै अत्यावस्यक बाहेकका ब्यवसायहरुपनि कम्तीमा एक साताको लागि बन्द गर्न भनेको छ । ‘विद्यालयमा संक्रमण तीव्र रूपले फैलिएकाले पठनपाठन बन्द गर्ने निर्णय गरेका हौं।’ उपमहानगरकी उपप्रमुख उमा थापामगरले भनिन् ।
पछिल्लो समय संक्रमित हुनेमा शिक्षक, विद्यार्थी र अभिभावक रहेका छन् । यसको कारण भनेको विद्यायहरुमा स्वास्थ्य मापदण्ड पुरा गरिने भनियपनि धेरै जसोमा राम्रोसँग पालन नहुनु हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका प्रवक्ता तेज ओलीका अनुसार कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन् । त्यसैले विद्यालय बन्द गर्ने निर्णय लिइएको हो ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १३:१७ मा प्रकाशित































