back
CTIZAN AD

पाकिस्तान र दक्षिण अफ्रिका बिचको अन्तिम टि-२० आज, यी खेलाडीले पाउन सक्छन मौका

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

666 

shares

३ वैशाख, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिचको चौथो तथा अन्तिम टि-२० आज सेञ्चुरियनमा हुन गईरहेको छ । ४ खेलको टि-२० श्रृखलामा पाकिस्तानले पहिलो र तेस्रो टि-२० जित निकाल्दैँ श्रृखलामा २-१ ले अग्रता लिएको छ । यदी आजको खेलमा पाकिस्तान विजयी भएमा दक्षिण अफ्रिका विरुद्धको श्रृखला ३-१ ले आफ्नो नाममा गर्नेछ ।

श्रृखलामा अग्रता लिईरहेको पाकिस्तानले आफ्नो प्लेइङ्ग-११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेको छ । दक्षिण अफ्रिकाले भने सिसान्ड मगालाको स्थानमा लुथो सिपमला र एन्डिले फेहलुक्वायोको स्थानमा वियान मुलडरलाई प्लेइङ्ग-११ मा मौका दिने सम्भावना उच्च रहेको छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ६:१५ बाट सुरु हुनेछ ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ्ग-११
जम्मेमान मलान, आइडेन मार्करम, रासी भ्यान डर दुसेन, हेनरिक क्लासेन, पिट भ्यान बिलजोन, जर्ज लिन्डे, वियान मुलडर, लुथो सिपमला, ब्यूरान हेन्ड्रिक्स, लिजाड विलियम्स, तबराइज शम्सी ।

पाकिस्तानको सम्भावित प्लेइङ्ग-११
मोहम्मद रिजवान, बाबर आजम, फखर जमान, मोहम्मद हफीज, हैदर अली, असिफ अलि, फहीम अशरफ, हसन अली, मोहम्मद नवाज, शाहीन अफरीदी, ह्यारीस रउफ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १५:२६ मा प्रकाशित