back
CTIZAN AD

डीसीसीएमसीसँगको समन्वयनमा बिद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्नू : शिक्षा मन्त्रालय

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

675 

shares

३ बैशाख, काठमाडौँ । स्थानीय निकायहरुलाई जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनको लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अनुरोध गरेको छ । पछिल्लो समय कोरोना संक्रमण उच्च हुदै गएकाले मन्त्रालयले स्थानियतहहरुमा यस्तो अनुरोध गरेको हो ।

शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा भएको पछिल्लो संक्रमणको अवस्थाबारेको अन्तरक्रियामा आवश्यकता अनुसार आपसि समन्वयनमा विद्यालय बन्द गर्न अनुरोध गरेको हो । पछिल्लो समय विशेषगरी विद्यालयमा संक्रमणको जोखिम उच्च देखिन थालेको छ भने विद्यालय जाने उमेरका बालबालिकाहरुमा संक्रमण बढी देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित एसअघि नै सिफारिस गरेकोमा सीसीएमसी र मन्त्रिपरिषदमा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १५:२८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...