३ बैशाख, काठमाडौं । पाहुना लाग्न आएका एक व्यक्ति मृत भेटिएका छन् ।
तारकेश्वर नगरपालिका–६ धर्मस्थली कुशलस्थित सडक नजिक नुवाकोट लिखुँ गाउँपालिका–४ बस्ने ५२ वर्षीय माईला पुतुवार शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उनी सोही ठाउँस्थित धर्मस्थली बस्ने मंगल पुतुवारकोमा पाहुना आएको बुझएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–८ शङ्खादेवी बस्ने ४६ वर्षीय अजय आचार्य आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, धनगढी उपमहानगरपालिका–३ डेरा गरी बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–५ घर भएका ५३ वर्षीय दयाराम राना आफ्नै डेरा कोठामा शुक्रबार मृत अवस्था फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १५:३१ मा प्रकाशित