back
CTIZAN AD

पानी परेपछि डढेलो नियन्त्रण, किसान पनि खुसी

वि.सं.२०७८ वैशाख ४ शनिवार

705 

shares

४ बैशाख, गलेश्वर । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।

लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।

पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आएको छ । यस वर्ष गत एक महिनाको अवधिमा म्याग्दीको एक हजार ६०० हेक्टर जङ्गलमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए तर, वर्षाले आगलागी नियन्त्रणमा आएको स्थानीय बासिन्दाले बताएका छन् । असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थिायो भने बर्खे खेती लगाउन पनि असर परेको थियो ।

वि.सं.२०७८ वैशाख ४ शनिवार ०८:३७ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...