
४ बैशाख, काठमाडौं । हाल देशैभरी स्थानीय वायुको प्रभाव रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग\हावाहुरी\असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।