४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दैछ ।
आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा देशका पछिल्ला समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पछिल्लो समयमा देशमा तिब्ररुपमा बढ्दै गएको कोरोना महामारी र राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ ।
वि.सं.२०७८ वैशाख ४ शनिवार ०९:०३ मा प्रकाशित






























