back
CTIZAN AD

कोहलपुर दुर्घटनामा मृत्यु भएका पाँचैजनाको सनाखत

वि.सं.२०७८ वैशाख ४ शनिवार

729 

shares

४ बैशाख, राँझा । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका– १० का ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

अम्बिकासँगै रहेकी डेढ वर्षीया छोरीलाई शिक्षण अस्पताल कोहलपुरमा सुरक्षितरुपमा राखिएको छ । दुर्घटनामा घाइते भएका ३७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइते २९ जनालाई शिक्षण अस्पतालले घर पठाएको छ ।

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र ‘अनटेस्ट’ मालबाहक टिपर कोहलपुर–१३ स्थित रोहिणी खोला नजिकै बाँके राष्ट्रिय निकुञ्ज सडक खण्डमा एकापसमा ठोकिएका थिए । रासस

वि.सं.२०७८ वैशाख ४ शनिवार १२:३० मा प्रकाशित

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...