back
CTIZAN AD

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

वि.सं.२०८३ साउन २ शनिवार

327 

shares

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३÷८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई उत्पादनमुखी कृषिसँग आबद्ध गराउने नीति लिइएको छ ।

माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत माटोको नमूना परीक्षण गरिएको छ । परीक्षणका आधारमा माटोको अम्लीयपन घटाउन ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको छ भने प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा ४० मेट्रिक टन चुन निःशुल्क वितरण गरिएको उपप्रमुख बानियाँले बताए ।

तरकारी तथा फलफूल उत्पादन विस्तारका लागि कृषक समूह तथा कृषि सहकारीमार्फत लिची, केरा, ड्रागन फल र एभोकाडोलगायत फलफूल खेती विस्तार गर्ने कार्यक्रम पाँच स्थानमा सञ्चालन भइरहेको जनाइएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार तथा विद्यमान सिँचाइ पूर्वाधारको मर्मतलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

साथै आयातित तथा हाइब्रिड बीउमा बढ्दो निर्भरता घटाउन स्वदेशी खुला सेचित जातका मकै र धानको बीउ उत्पादनलाई प्रोत्साहन गरिएको छ । यसअन्तर्गत रामपुर कम्पोजिट मकै ७५० कट्ठा, मकवानपुर–१ धान १५ कट्ठा र राम धान १० कट्ठा क्षेत्रफलमा बीउ उत्पादन गरिने भएको छ ।

सङ्घीय सरकारबाट हस्तान्तरित धान पकेट कार्यक्रमअन्तर्गत वडा नं १७ मा श्री साना किसान कृषि सहकारी संस्थामार्फत तीन सय कट्ठा क्षेत्रफलमा धानखेती कार्यक्रम सञ्चालन भइरहेको उपप्रमुख बानियाँले जानकारी दिए ।

वि.सं.२०८३ साउन २ शनिवार ०९:४५ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...